Ads

२०८१ वैशाख ९ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला । लेनदेनको समस्याले सताउनेछ । शत्रु बढ्ने छन्, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । यात्रामा सावधान रहनु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्ने छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । मनमा हौसला बढनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)बाटो काट्दा वा हात हतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ । समय राम्रो भएपनि आज खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनु होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठन पाठनमा ध्यान दिनु बेस हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)अनुकूल यात्राको सम्भावना छ । पठन पाठन सामान्य रहला । फुर्सदिलो समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ । र

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउनेछ, लेनदेनमा विवाद पनि बढनेछ । घरायसी समस्या आउला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नुपर्ला, समयको बचत कम हुने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । पैसा लेनदेनका काम पनि होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)परिश्रमले धेरै काम बन्नेछन् । धनपनि मनग्य कमाउनु होला । साथै, भाग्य पनि बलियो छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ ।

Ads

सम्बन्धित पोष्टहरू