Ads

लगानी सहजीकरण गर्न अध्यादेश ल्याउने सरकारको निर्णय


काठमाडौं । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धि केही ऐनहरु अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश भएको छ।’

सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ।

संसद सूचारु नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ। सरकारले वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

Ads

सम्बन्धित पोष्टहरू