Ads

नेकपाको हीरक महोत्सव : प्रधानमन्त्री प्रचण्ड,देउवादेखि शीर्ष नेता सहभागी, माधव गएनन्


काठमाडाैं । नेकपा स्थापना दिवसको अवसरमा नेकपा एमालेले मनाउन लागेको हीरक महोत्सवमा सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेता गोदावरी पुगेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमालेले आयोजना गरेको महोत्सवमा सम्बोधन गर्न विशेष वक्ताका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष पुगेका हुन् ।

रुघाखोकीले बिसन्चो भएपछि आइतवार एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको छलफल र समापन कार्यक्रममा सहभागी बनेका थिएनन् ।

तर आज शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रमका लागि ओली गोदावरी पुगिसकेको उनको सचिवालयले जानकारी दियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, समाजवादीका सम्मानित नेता झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित प्रमुख दलका नेतालाई बोलाइएको छ ।

एमालेले दुई कार्यकाल राष्ट्रपति भएकी विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गर्दैछ ।

Ads

सम्बन्धित पोष्टहरू