काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएपछि लाभै लाभ भएको दाबी गरेका छन् ।
सोमबार एमालेले आयोजा गरेको हीरक महोत्सवमा बोल्दै उनले भने, ‘२००७ सालको आन्दोलनलाई राज, राणा र दिल्ली मिलेरबीचमा सम्झौतामा टुङग्यो । राणा प्रधानमन्त्री भए, कांग्रेस र राजा सहभागी भए । कम्युनिस्टले त्यसको विरोध गरेको हो । कम्युनिस्टले नमानेको सही थियो । त्यसका विरुद्ध उभिँदा कम्युनिस्टमाथि प्रतिबन्ध लगायो ।’
उनले अहिलेका गौरवका दिनहरू बलिदानबाट आएको उल्लेख गर्दै आफूहरूविरुद्ध दमन भए पनि संघर्ष गरिरहेको बताए । उनले भने, ‘एमाले हुँदैन थियो भने वापमन्थी र लोकतान्त्रिक आन्दोलन यस्तो अवस्थामा नहुन सक्थ्यो । समीक्षा गरेर आगामी दिनको बाटोको संकल्प गर्ने थलो हो । एमालेको जिब्रो चिप्ले पनि समाचार बन्छ । अरुमा आशा पलाउँछ ।’
ओलीले सुखी नेपाल र समृद्धि नेपाल बनाउन सबै मिलेर जानुपर्ने बताए । कम्युनिस्टले भनेको नमान्दा २०१७ साल घटेको दाबी गर्दै उनले जाली जनमत कम्युनिस्ट पार्टीले नस्वीकारेकाे बताए । उनले भने, ‘लोकतन्त्र नाटकबाजीले पूरा गर्न सक्दैन भन्नेमा कम्युनिस्ट निश्चित थिए । दरबार हत्याकाण्ड भयो । त्यही समयमा राजतन्त्र समाप्त भयो ।’
उनले राजनीतिक दलहरूले नेतृत्वन लिन नसक्दा एउटा राजा खोजेर कुशको राजा थापना भएकाे टिप्पणी गर्दै ती राजाले दाई जस्तो होइन भन्दै जनताका अधिकार खोसेकाे उल्लेख गरे ।
उनले भने, ‘२०६२–०६३ सालको आन्दोलन भयो । माओवादीको शसस्त्र क्रियाकलाप त्यसका विरुद्ध सरकारले चलाएको शसस्त्र दमनलाई शान्ति प्रक्रियाबाट शान्ति प्रक्रियामा ल्यायौँ ।’
ओलीले कम्युनिस्टमा विभाजन विखण्डन भएकाे र एकता पनि भएकाे बताए । उनले भने, ‘२०५४ सालमा एक विभाजन भयो । २०७७ सालमा विभाजन भयो । विभाजन हुनुहुँदैन थियो । समीक्षा गरौँला । तत्काल पार्टी एकीकरण भइहाल्छ भन्ने छैन । यसले आन्दोलनमा समस्या आउँछ । सहकार्य गर्दै आगाडि बढ्छौँ । क्रमश: एकताको बाटोमा जान सक्छौँ । अहिले नै मिलौ भन्ने हो भने के कारण फुटेका थियौँ प्रश्न उठ्छन् । ठ्याक्क वामपन्थी मिलेर अगाडि जान सक्ने अवस्था छैन ।’
प्रतिक्रिया दिनुहोस्