Ads

२०८१ वैशाख १३ गते बिहीबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सोचेभन्दा कमै फाइदा मिल्ने र आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्ने समय छ । श्रमको उचित मूल्य पनि नमिल्न सक्छ । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । तथापि, आरोग्यता बढ्ने र आफन्तसुख प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउला । आयआर्जन राम्रै हुनेछ तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । दिगो आम्दानी हुने काम सुरु होला । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ भने ब्यवसायमा राम्रै लाभ होला । आजको दिन काममा अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने दिन छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ, तर आज आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्ला । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । रोकिएको कुनै विशेष काम छ भने आज पुनः प्रयत्न गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । व्यापार-व्यवसायमा भने लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): केही प्रतिस्पर्धा गर्नुपर्ने समय भएपनि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । शत्रुपक्ष सक्रिय हुन सक्छ, तर जित तपाईंकै हुनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । दाम्पत्यसुख बढ्नेछ । आफन्तबाट टाढिनुपर्ने समय छ ।

Ads

सम्बन्धित पोष्टहरू