Ads

अवरोध हटे पछि पुन : चिया निर्यात खुल्ला


काकडभिट्टा\ भारतीय भन्सारले पाँच दिनदेखि रोकेको नेपाली तयारी चियाको निर्यात खुला गरेको छ। गत शुक्रबार काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए।

चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए।

ुरोकिएका सबै ट्रक आज छाडिए,ु उनले भने, अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन।

पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताए।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीट्याङ्की नाका पुगेका १७ वटा नेपाली ट्रक रोक्दा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको जनाएको थियो। गाडी नै पिच्छे गुणस्तर जाँच गर्ने व्यवस्था अव्यावहारिक भन्दै नेपाली पक्षले पुरानै प्रावधानअनुरूप चियाको निर्यात गर्न माग गरेका थिए।

नेपाली पक्षले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियमअनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेको गरेको थियो। अन्ततः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियम अनुसार चियाको निर्यात खुलाउन सहमत भएको हो।

चियाको एउटा नमूनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म निर्यात गर्दा मान्यता पाउने पुरानो प्रचलन थियो। भारतीय भन्सारले पुरानै जाँच नियमअनुसार नेपाली ट्रकहरूलाई आज छाडिदिएको हो।

सिटीसी र अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको छ। नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू