Ads

नगरपालिकाद्वारा औषधी सहयोग


दमक, झापाको कमल गाउँपालिका  लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई दमक नगरपालिकाले औषधी उपलव्ध गराएको छ ।

अस्पतालमा आयुर्वेदिक पद्धतिबाट उपचार गराउन आउने बिरामीको चाप धेरै भएपनि आवश्यक औषधीको अभाव भएकाले दमक नगरपालिकाले साढे ३ लाख बढी रुपैयाँ बराबरका बिभिन्न प्रकारका औषधीहरु सहयोग स्वरुप उपलब्ध गराएको हो ।
अस्पतालमा  आयोजित कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले अस्पतालका निर्देशक डाक्टर सिद्धार्थ ठाकुरलाई औषधि हस्तान्तरण गरिन् । वितरण गरिएका औषधीको मूल्य ३ लाख ४८ हजार २ सय ४३ रुपैयाँ बराबरको रहेको नगर उपप्रमुख भट्टराईको भनाई छ ।

सो अवसरमा अस्पतालका निर्देशक डाक्टर ठाकुरले अस्पतालमा भौतिक संरचना पर्याप्त भए पनि जनशक्ति र औषधिहरुको अभावमा सकेजति सेवा दिन नसकिरहेको बताए । अहिले भएका जनशक्तिले समय भन्दा धेरै काम बाँडफाँड गरेर सेवा प्रदान गरिरहेको उनले बताए । अस्पतालमा उपचारका लागि बिरामीहरुको चाप दैनिक बढिरहेको भए पनि औषधि अभाव हुँदा बिरामीलाई खालिहात पठाउनु पर्ने अवस्थामा दमक नगरपालिकाले गरेको सहयोग प्रशंसनिय भएको डा. ठाकुरको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू