Ads

कति बन्यो, कस्तो बन्यो ?


ज्योती शर्मा, दमक

झापाको दमक–३ स्थित दापगाछिमा निर्माणाधिन विजनेश भ्यू–टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १०० मिटर उचाईको भ्यू टावरको ७२ मिटर कंक्रिट र २८ मिटरको मेटल स्ट्रक्चर, वायरिङ्ग, भूई तलामा गार्डेन, सवारी पार्किङ्ग, प्रवेस द्वार, रंग–रोगन सहित निर्माणाधिन भ्यू टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

मुलुककै सुविधा सम्पन्न ‘मल्टि पर्पोज’का लागि निर्माणाधिन भ्यू टावरको निर्माण कार्य अन्तिम चरण तथा ९८ प्रतिशत काम पुरा भएको निर्माण कम्पनिको दावी छ । नेपालमा हाल सम्म निर्माणाधिन नमुनाको भ्यू टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अव सजावट र परिक्षणको काम मात्र चलि रहेको निर्माण कम्पनिका ओम साईराम कन्स्ट्रक्सन प्रा.लि.का प्रोजेक्ट म्यानेजर सर्जल विडारीले जानकारी दिए ।
अठारौं तला कंक्रिटको संरचना सम्म चढि दृश्या अवलोकन गर्न सकिने र २८ तलाको मेटल स्ट्रक्चर सौन्दर्यताका लागि मात्र निर्माण गरिएको हो ।

यो दृश्या अवलोकनका लागि मात्र नभएर कर्पोरेट कम्प्लेक्स भएकाले अहिले सम्म नेपालकै खर्चिलो, बलियो, अग्लो, सुबिधा सम्पन्न हुने निर्माण पक्षको दावि छ । टावरमा चढ्नकालागि ४ वटा लिºट, प्रत्येकमा ८ जना अट्न सक्ने छन् भने, फराकिलो भ¥याङ, तथा बाहिर पट्टि २ वटा आपतकालिन मेटल भ¥याङ रहको निर्माण कम्पनिको प्रोजेक्ट म्यानेजर विडारीको भनाई छ ।

सुरुको अन्डर ग्राउण्डमा सवारी पार्किङ्ग स्थल, पहिलो, दोश्रो र तेश्रो तलामा टिकट काउन्टर, खुद्रा पसल, चौथो तलामा सेमिनार हल, पाचौं देखि आठौं तला सम्म बैंक, वितिय कार्यालयहरु, नवौं देखि १२औं तला सम्म एक्जिविसन ग्यालरी रहने परिकल्पना गरिएको निर्माण कम्पनिका प्रबन्ध निर्देशक विजय कुमार शाहको भनाई छ ।

फिनिसिङ्ग, डेकोरेशन, वायरिङ्ग, ए.सी. जडान, रंग रोगन चैत्र मसान्त सम्ममा सम्पुर्ण काम सकि सघन शहरी विकास तथा भवन निर्माण आयोजनालाई हस्तान्तरण गरिने निर्देशक शाहको भनाई छ । त्यस्तै १३ औं तलामा लज एण्ड वार, १४ औं तलामा रेष्टुरेन्ट एण्ड क्याफे, १५औं र १६औं तलामा स्वदेशी तथा विदशी स्तरका विभिन्न प्रयोजन साथै १७औं र अठारौं तला बाट वरीपरिका दृश्यालोकन गर्न सकिने छ ।
संघिय सरकार अन्तर्गत सघन शहरी विकास तथा भवन निर्माण आयोजनाले ठेक्का दिई निर्माणधिन अन्तराष्ट्रिय स्तरको टावर वरिपरि पोखरी, चिल्ड्रेन पार्क, पौडि पोखरी, गार्डेन आदि रहने जनाईएको छ ।

पर्यटन साथै रोजगारीको सम्भावना बोकेको यस मल्टि पर्पोजको भवन निर्माणका लागि २०७६ असार २७ गते काम सुरु भएको र अढाई बर्ष २०७८ पौष सम्ममा सक्नु पर्ने सम्झौता भएपनि विश्वभर फैलिएको महामारी कोरोना, बजेट अभावका कारण काम समयमैं सम्पन्न हुन नसकेको कम्पनिले जनाएको छ । सुरुमा यसको लागत १ अर्व ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैया“मा सम्झैेता भएपनि समयमा काम नसकिदा अरु १० करोड थप हुन गई यसको लागत १ अर्व ६६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैया“ खर्च भएको निर्माण पक्ष्ँले जनाएको छ ।

दमकको दक्षिण भेगमा नेपाल चीन मैत्री औद्यौगीक पार्क र यो विजनेश भ्यु टावरको अवधारण एकसाथ अघि वढेको थियो । औद्योगीक पार्कमा रहने उद्योगहरुको ‘कर्पोरेट अफिस’हरु समेतको प्रयोजनमा उपयोगी हुने गरि यसको निर्माण थालिएकोमा औद्योगीक पार्कको निर्माण कार्य भने जग्गा व्यवस्थापनमा पुगेर अड्किएको छ ।

Ads

सम्बन्धित पोष्टहरू