Ads

२०८१ वैशाख १४ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीपूर्ण महसूस हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन पैदा हुने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्ला । नयाँ कामको सुरुवात भने आज खासै राम्रो छैन ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता बढ्ने दिन छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । आय वृद्धि हुनेछ । मनोकूलको काम बन्ने समय छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विरोधिपक्ष सक्रिय रहन सक्ने समय भएकोले एकदमै सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । कृषि तथा पशुपालनले सन्तोष नदिएपनि व्यापारमा राम्रै फाइदा हुने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छिनेछन् भने रोकिएका काम बनाउन सकिनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): लगानी वृद्धि हुनेछ सोअनुसार उन्नति पदोन्नति हुने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यशवर्चश्व वृद्धि हुनेछ । व्यवसायका लागि यात्रा हुने सम्भावना छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । धन आर्जनको योग छ । दाम्पत्य जीवन सुखद रहला । धार्मिक कर्ममा आकर्षण बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नु हितकर हुनेछ । खेलकुद एवम् भ्रमणजस्ता कार्यमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आरोग्यता रहनेछ । कर्मबलको साथै व्यस्तता वृद्धि हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्वm पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योगसमेत देखिन्छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । चिताएको काम बन्ने देखिन्छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । दाम्पत्यसुख र आरोग्यता बढ्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू