Ads

सुरक्षा तयारी पूरा, सेना ‘हाईअलर्ट’मा


काठमाडौ\ भोली इलाम क्षेत्र नम्बर २ र बझाङमा हुने उपनिर्वाचनका लागि प्रहरीले आफ्नो सुरक्षा तयारी पूरा गरेको छ । इलाम क्षेत्र नम्बरमा २ मा एक हजार ३६३ र बझाङमा एक हजार २४ प्रहरी परिचालन हुनेछन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले इलाममा धार्मिक हिंसा हुन सक्ने सुरक्षा विश्लेषण गर्दै सुरक्षा व्यवस्थापनका लागि योजना तयार पारेको जानकारी दिए ।

त्यस्तै बझाङमा पनि भौगोलिक विकटता अनुसारको रणनीति बनाइएको उनको भनाइ छ । इलामका १९ मतदान स्थल र ३७ मतदान केन्द्रलाई अतिसंवेदनशील मानेको प्रहरीले बझाङका ९३ मध्ये ३२ मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखेको छ । निर्वाचनमा हिंसात्मक गतिविधि गर्न खोज्नेहरुमाथि बल प्रयोग गर्ने गरी योजना बनाइएको प्रहरीको भनाइ छ ।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्न स्विकृति दिए पछि सेना समेत अलर्टमा रहेको छ । मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू