Ads

अन्तरव्यवस्थापिका अन्तरसंवाद शुरु हुँदै


पाल्पा\ पाल्पाको तानसेनमा आजदेखि अन्तरव्यवस्थापिका अन्तरसंवाद शुरु हुँदैछ । दुई दिनसम्म चल्ने उक्त भेलामा संघीय संसदका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिवलगायतको उपस्थिति रहेको छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले, उत्तरविद्यायिकी परीक्षण कार्यविधि संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, अन्तर व्यवस्थापिका मञ्च, नेपालको विद्यान प्रस्तुति लुम्बिनी प्रदेश सभा सचिव पुनले प्रस्तुत गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए ।

भेलामा सातै प्रदेशका सभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आफ्ना सुझाव राख्ने कार्यक्रम रहेको पनि सभामुख घर्तीले जनाए। संघीयतालाई कार्यान्वयनलाई कार्यान्वयन गर्ने, प्रदेशलाई स्थापित गर्ने र अहिले बनेको संसदले अन्तरव्यवस्थापिका अन्तर संवाद कार्यक्रम राखिएको सभामुख घर्तिमगरले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू