Ads

२०८१ वैशाख १५ गते शनिबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विभिन्न अवसरले पछ्याउने दिन छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् भने व्यापार-व्यवसायमा फाइदा होला । तपाईंको प्रतिभाले अरुलाई आकर्षित गर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय अलिक प्रतिकुल रहन सक्छ, सावधान रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्नेछ । सहयोगीहरू समेत प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । अनियन्त्रित बोलीले समस्या उत्पन्न गर्न सक्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुने समय छ । आजको दिन आफन्तहरू भने टाढिएको महसूस होला । निकटतम् सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काममा उत्साह थपिने दिन छ । मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । राजनीति र नोकरीमा प्रसिद्धि बढ्ला । आम्दानी बढ्ने योग छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । पराक्रम बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने समय छ । रोकिएका काम बन्नेछन् तर काम बने पनि कार्यबोझ थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । आरोग्यता रहनेछ । सुख वृद्धि होला । शुभता बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन मिश्रित फलदायी रहला । मौसमी रुघाखोकी तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौती देखापरेपनि कोसिस गर्दा अवसर मिल्न सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय लाभदायक देखिन्छ । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । व्यावसायिक काममा राम्रै फाइदा हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । शुभ समाचार प्राप्त हुनेछ । आयस्रोत वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । आजको दिन व्यावसायिक यात्राको सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिएला । सामान्य चोटपटक लाग्न सक्छ, सावधान रहनु हितकर होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आकस्मिक खर्च बढ्ने दिन छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विस्तारै अनुकूलता बढ्नेछ र पनि आँटेका काम मुस्किलले बन्नेछन् । खर्च अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका मिल्न सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू