Ads

२०८१ वैशाख १६ गते आईतबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्ने समय छ । मित्रजनले काममा सहयोग जुटाउनेछन् । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्ने योग छ

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ने समय छ । कुनै विशेष निर्णय गलत ठाउँमा पर्न सक्छ, सचेत रहनु हितकर होला । कडा प्रायस गरे पनि सफलता हात नलाग्ने र वादविवादमा पर्न सकिने योग छ, सावधान रहनुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिने समय छ । ब्यापारबाट राम्रै लाभ मिल्नेछ, तर कार्यमा हैरानी बढ्न सक्छ । मन दुविधाग्रस्त रहला । सामाजिक काममा नाम रहने छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ र, यसले मान प्रतिष्ठा पनि दिलाउला । काम बन्नाले मन रमाउने छ । भौतिक सुख-सुविधाको साधन प्राप्ति हुनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्ने समय छ, सचेत रहनुहोला । यात्रामा रमाइलो हुनेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने योग छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारबाट टाढा बस्नुपर्ने समय छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । खर्च गर्दा पनि विशेष सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बुद्धिविवेकले राम्रो काम गर्ने र चुनौतीहरू सजिलै पार लाग्ने समय छ । अनायासै ठिक निर्णय हुनेछ । आर्थिक पक्ष सबल रहला । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । पाहुना आगमनको योग छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने आँटेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । व्यापार–व्यवसायमा पनि राम्रै फाइदाको सम्भावना छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ने समय छ । मित्रवर्गबाट साथ–सहयोग पाइनेछ । घरायसी कार्यमा सामान्य समस्या रहन सक्छ । कमाइ भने रामै्र होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ । खर्चको मात्रा बढेपनि नयाँ काम सुरु गर्ने समय छ । नियमित काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानीको सम्भावना छ, सचेत रहनुहोला । स्वास्थ्यमा पनि सामान्य समस्या पर्न सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): काममा सोचे जति फाइदा नभएपनि मन खुशी नै रहला । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): ब्यवसायबाट लाभ हुने समय छ । नयाँ काम सुरु गर्नु हितकर होला । व्यापारमा राम्रै धनलाभ हुनेछ । सामान्य खर्च र जोखिम पनि बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू