Ads

इलाम-२ मा आज बिहान ७ देखि मतगणना सुरु हुने


इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति बसेको सर्वदलीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार  इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो । यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् ।  यहाँको कुल मतदाता संख्या एक लाख १५ हजार ८८९ रहेकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू