Ads

इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता


काठमाडाैं । प्रतिनिधि सभाको रिक्त एक सीटका लागि इलाम २ मा भएको निर्वाचनअन्तर्गत जारी मतगणनाको पहिलो नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् ।

आइतबार दिउँसो सार्वजनिक भएको नतिजामा कांग्रेसका डम्बर खड्काले ६५७ मत पाएका छन् ।

नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले १८७ मत प्राप्त गरेका छन् । रास्वपाका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

एमालेले चुनाव जितेको फाकफोकथुम गाउँपालिकाबाट गणना शुरू भएको छ । शनिबार सम्पन्न निर्वाचनमा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू