Ads

२०८१ वैशाख १७ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । भौतिक साधनका पनि क्षति होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईले अरुलाई गर्नुभएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहेपनि सोचे जती फाइदा हुने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आय आर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान सम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ । साथै, साहित्यिक कार्यमा मन जाने छ । टाढाको यात्राबाट धनको लाभ पनि होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । सामान्य रुघाखोकिले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धि विवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताएपनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू