Ads

निरन्तर सुहाङको अग्रता


ईलाम\ इलाम २ मा भएको उपनिर्वाचनको जारी ्मतगणनाको पछिल्लो परिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई दुई हजार २८२ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् । नेम्वाङले अहिले सम्ममा सात हजार ६७७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको पाँच हजार ३९५ मत आएको छ । स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले चार हजार ५८ मत प्राप्त गरेका छन् । यस्तै रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले एक हजार १६२ मत पाएका छन् । यो मत परिणाम फाकफोकथुम र चुलाचुली गाउँपालिकाको पाँच वटा वडाको हो । अब चुलाचुलीको बाँकी ६ नम्बर वडाको मत गणना जारी छ । अहिले सम्ममा १८ हजार ९४८ मत गणना भइसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू