Ads

बैङ्किङ कसुर मुद्दामा वडाध्यक्ष पक्राउ


सिन्धुपाल्चोक\ बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।

उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र रु।नौ लाख ९० हजार जरिवाना तोकेको थियो। प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाई तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो।

प्रहरीको फरार सूचीमा रहेका तामाङलाई आजै पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले बताए ।

Ads

सम्बन्धित पोष्टहरू