Ads

बझाङमा कांग्रेसको अग्रता कायमै


काठमाण्डौ – बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपनिर्वाचनको जारी मत गणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । २३ हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ८ सय ७४ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ८ हजार ६ सय १५ मत पाएका छन्। कांग्रेसका उम्मेदवार सिंह एमालेका उम्मेदवार भण्डारीभन्दा २ सय ५९ मतले अगाडि छन् ।

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार २ सय १५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय १० मत ल्याएका छन्। बझाङमा शनिबार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मत खसेको थियो ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत पाएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू