Ads

सुहाङका लामा फड्का, डम्बरलाई पछ्याउँदै डकेन्द्र


ईलाम। उपनिर्वाचन भएको इलाम क्षेत्र नम्बर २ एमालेका उम्मेद्वारले फड्का लामो पार्दै लगेका छन् । यहाँ सुर्यले २८५३ मतले अग्रता लिएको छ । भरखरै सार्वजनिक मत परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले ९४८४ मत पाएका छन् । उनलाई पछ्याउने कांग्रेसका डम्बर खड्काले ६६३१ मत पाएका छन् ।

पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५९५१ र रास्वपाका मिलन लिम्बूले १४०१ मत पाएका छन् । डकेन्द्रले माङसेवुङ क्षेत्रमा मत गणना सुरु भएसँगै डम्बरसँगको मतान्तर कम गर्दै लगेका छन् । उनी डम्बर भन्दा ६६२ मतले मात्रै कम छन् ।

Ads

सम्बन्धित पोष्टहरू