Ads

ईलाममा सुहाङको निरन्तर अग्रता, बझाङमा पछि पर्यो कांग्रेस


काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी पुर्‍याएका छन् ।सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३०५९ मतले अगाडि छन् ।

सुहाङले १० हजार ३ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ५९१ मतसहित तेस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४४३ मत पाएका छन् ।

यस्तै बझाङको प्रदेश सभा उपनिर्वाचनमा नेकपा एमालेले फेरि अग्रता लिएको छ । एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन् । भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८८० मत पाएका छन् । तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू