Ads

देशै भरि डढेलो, दाङमा ८७ लाख बढीको क्षति


काठमाडौ\ लामो समयको खडेरी र सुख्खायामका कारण देशै भरि डढेलो फैलिएको छ । बागमति प्रदेशमा मात्रै बागमती प्रदेशमा पनि वन डढेलो विकराल बन्दै गएको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेशमा चालु आर्थिक बर्षको साउनदेखि चैत मसान्तसम्म १३ हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वन डढेलो लागेको वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधानले जानकारी दिए ।

उनका अनुसार वन डढेलो निभाउने क्रममा धादिङ र रामेछाप जिल्लामा एक एक जना गरी दुई जनाको मृत्यु समेत भइसकेको छ । साना बोट बिरुवा र केही रुखहरूको नोक्सानी भएको छ । वर्षेनी डढेलोले ठूलो मात्रामा वनको क्षति हुने गरेको छ । डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि वनमा आगलागी भने रोकिन सकेको छैन । वर्षेनी गर्मीयाममा वनमा डढेलो लाग्ने क्रम घट्नुको साटो बढ्दै गएको देखिन्छ ।

चैतपछि सुक्खा बढ्ने हुनाले जेठ महिनासम्म प्रत्येक वर्ष वनजङ्गल डढेलोका घटना बढ्ने गरेका छन् । डढेलोका कारण प्रदेशमा चिरान काठसहित खानेपानी पाइपदेखि धेरै सम्पत्तिको क्षति, जङ्गली जनावरको पनि आगलागीका कारण मृत्यु हुने गरेको छ । रामेछाप जिल्लामा वन डढेले बस्तीमा पस्दा एकघर र २९ वटा गोठ नष्ट भई १०१ वटा पशु चौपाया क्षति हुँदा करिब डेढ करोड रुपियाँ बराबरको क्षति भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा वन डढेलो लगाई क्षति पुर्‍याउने व्यक्तिलाई पक्राउ गरी मुद्दा दायर पनि गरिएको छ । मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिन्छ । यो समयमा डढेलो धेरै लाग्ने गरेको छ । वर्षा नभए जेठसम्म डढेलोको जोखिम रहन्छ । डढेलोले वन विनाश मात्रै नभई धनजनको समेत क्षति हुने गरेको छ । लम्बिँदो खडेरीका कारण डढेलो नियन्त्रण बाहिर गइरहदा वन र धनजनको क्षति धेरै हुने देखिन्छ ।

वन व्यवस्थापनको हिसाबले प्रदेशमा चार हजार ५०३ वटा सामुदायिक वन, तीन हजार ३३७ वटा कबुलियती वन, ३९ वटा धार्मिक वन, २ वटा संरक्षित वन र ५७९ वटा निजी वन रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बागमती प्रदेशमा कूल क्षेत्रफलको ५१ दशमलव ५३ प्रतिशत वन र २ दशमलव २० प्रतिशत अन्यकाष्ठ तथा बुट्यान क्षेत्रगरी ५३ दशमलव ७३ प्रतिशत वनक्षेत्र रहेको छ । प्रदेशका १३ जिल्ला मध्य मकवानपुरमा सबैभन्दाबढी ६८ दशमलव १५ प्रतिशत र भक्तपुरमा सबैभन्दा कम २० दशमलव १० प्रतिशत वन क्षेत्र रहेको छ ।

दाङमा ८७ लाख बढीको क्षति

दाङमा आगलागीबाट ८७ लाख बढीको क्षति भएको छ । जिल्लाको राजपुर गाउँपालिका–७ हाडबासमा आइतबार दिउँसो भएको आगलागीबाट करिब २४ बढी घरगोठसँगै पशुचौपाय जल्दा ८७ लाखभन्दा बढीको क्षति भएको हो ।

आगलागीका कारण हाडबासमा २४ घरगोठसँगै पसल, चार वटा बाख्रा जलेर नष्ट हुँदा ८७ लाख ७५ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार बस्ती नजिकै रहेको गाईघाट सामुदायिक वनमा लागेको राप्ती नदीको बगरमा रहेको खरकट्टी हुँदै बस्तीमा पस्दा २४ घरगोठ जलेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू