Ads

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ। सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यता, सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

Ads

सम्बन्धित पोष्टहरू