Ads

इलाम २ काे मतगणना: कांग्रेसलाई उछिन्दै मुढा दाेस्राे स्थानमा


काठमाडाैं । इलाम २ काे मतगणना राेचक बनेकाे छ ।

कांग्रेसलाई उछिन्दै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम दाेस्राे स्थानमा उक्लेका छन् ।

जारी मतगणनाकाे पछिल्लाे परिणामअनुसार पहिलाे स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १४ हजार ८ सय ६६ मत पाएका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार थेगिमकाे मत १० हजार ७७ छ । कांग्रेसका डम्बर खड्काले ९ हजार ७ सय ३ मत पाएर तेस्राे स्थानमा झरेका छन् ।

रास्वपाका मिलन लिम्बूले १ हजार ९ सय ३४ मत पाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू