Ads

रास्वपाका मिलन सहित १६ जनाको धरौती जफत


ईलाम\ इलाम २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ ।

इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । रास्वपाका उम्मेदवार लिम्बू ५ हजार ५० मत मात्रै पाए, जसका कारण उनको धरौटी जफत भएको हो ।

लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू