Ads

मोतिहारी–सर्लाही ग्यास पाईपलाईन अघि बढ्दै


काठमाडौँ \ मोतिहारी–सर्लाही ग्यास पाईपलाईन अघि बढेको छ । नेपाल आयल निगमले उक्त पाइपलाइनमार्फत ग्यास ल्याउने योजना अघि बढाएको हो । मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्नेबारे निगममा छलफल भइरहेको मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार परियोजना प्रमुख प्रदिप यादवले जानकारी दिए।

मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न इण्डियन आयाल कर्पोरेशनले इञ्जिनियरिङ सर्भे प्रतिवेदन तयार गरेर एक वर्ष अघि नै नेपाल आयाल निगमलाई दिएको थियो। प्रतिवेदन आए पनि योजना अघि बढेको थिएन। नयाँ कार्यकारी निर्देशक आएसँगै यो परियोजनालाई निरन्तरता दिन खोजिएको हो।

इण्डियन आयल कर्पोरेशनले दिएको प्रतिवेदन अनुसार मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरेको छ। सो लगानी साढे दुई वर्षमै उठ्ने यादब बताउँछन्। हाल भारतीय व्यवसायीका भारतीय बुलेटबाट नेपालतर्फ ग्यास ढुवानी भइरहेको छ। जसबाट महिनाको ५० करोडका दरले वार्षिक ६ अर्ब रूपैयाँ भारतीय व्यवसायीलाई निगमले ढुवानी बापत तिर्नुपर्छ।

Ads

सम्बन्धित पोष्टहरू