काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् ।
इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई साथै खुसी साट्न ओली इलाम पुगेका हुन् । ओलीले सुहाङलाई खादामाला लगाएर अंकमाल गरे । सुहाङले ढोगेर आशीर्वाद मागे ।
त्यसअघि अध्यक्ष ओलीले निर्वाचन जितेकोमा सुहाङलाई बधाई दिँदै खादा लगाइदिएका थिए । इलाममा मंगलबार एमालेले विजय सभाको आयोजना गरेको छ । त्यही विजय सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली इलाम पुगेका छन् ।
‘चुनाव अघि चुलाचुली पुगेर ओली अब संसद्मा भेटौँला’ भन्दै बधाई दिएर काठमाडौं फर्किएका थिए ।
जितेपछि मंगलवार ओलीले इलाम पुगेरै सुहाङलाई औपचारिक बधाई दिएका छन् ।
‘इलाममा सुहाङ, हार्दिक बधाई !! इलामका मतदातालाई धन्यवाद ! मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ – कति भोटले जितिन्छ ?
सुहाङ्ले भन्नु भएको थियो – इलामेली जनतालाई सोध्नु पर्छ। आज अन्तिम परिणाम आयो – ५८३० मतान्तरले जीत भयो’, ओलीले सामाजिक सञ्जाल लेखेका छन्, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरूलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरूलाई अझ अगाडि बढाउँदै जाने छ। फेरि बधाई सबै इलामेलीलाई ।’
मंगलवार बिहान आएको चुनावी परिणाममा सुहाङले ५८३० मतान्तरले कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्