Ads

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै विश्वासको मत मागेका छन् । उनी प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्री हुन् । कार्की गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित भएको छ । मुख्यमन्त्रीविरुद्धको मुद्दा सर्वोच्चमा बिचाराधीन रहेको भन्दै कांग्रेस संसद बैठकमा अनुपस्थित भएको हो । सभामुखलाई पत्र लेखेर नै अनुपस्थित भएको सांसद भीम पराजुलीले बताएका छन् ।

कोशीको ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (सभामुखसहित) का ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ जना सांसद छन् ।

Ads

सम्बन्धित पोष्टहरू