Ads

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, छलफल गर्न नदिने


काठमाडाैँ । नेपाली कांग्रेसले संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन दिने तर बैठक चल्न नदिने अडान लिएको छ ।

सभामुख देवराज घिमिरेले पार्टीका सचेतकहरूसँग गरेको छलफलमा कांग्रेसले यस्तो अडान लिएको हो ।

‘नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ’, कांग्रेस सचेतक सुशीला थिङले भनिन्, ‘छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ ।’

सभामुखसँगको छलफलपछि कांग्रेसको संसदीय दलको बैठकले संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर सदनका अन्य कार्यक्रम अगाडि बढ्न नदिने निर्णय गरेको थियो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेसले उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।

सहकारी ठगी पीडितको अरबौं रुपैयाँ दिलाउन पनि संसदीय समिति गठन गरेर अगाडि बढ्नुपर्ने मत कांग्रेसले राख्दै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू