Ads

सरकारको भनाइ एकातिर छविश्वसनीय समाचारका लागि सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्छ : अध्यक्ष झा, गराइ अर्कोतिर: प्रमुख प्रतिपक्षी कांग्रेस


भक्तपुर । राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले समाचारको विश्वसनीयताका लागि सम्पादकीय प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् । आज प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुरको समन्वयमा भएको युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव कार्यक्रममा उनले मिडियामा ‘कन्टेन्ट’ महत्वपूर्ण हुने बताएका हुन् ।

कुन मिडियाले कस्तो ‘कन्टेन्ट’लाई फोकस गरेको छ भन्ने विषय महत्वपूर्ण हुने उनको भनाइ छ । उनले भने “युट्युबको कन्टेन्टमाथि कसरी विश्वास गर्ने, सम्पादकीय प्रक्रिया पूरा गरेर युट्युब अगाडि बढेका छन् त रु त्यो सोचनीय छ, सम्पादकीय प्रक्रिया पूरा गर्नसके सुरक्षा चुनौती पनि कम हुन्छ ।”

“मोबाइलमै युट्युब, अनलाइन मात्रै नभई अहिले टेलिभिजन पनि हेर्न सकिन्छ”, उनले भने, “अहिले मिडिया डिजिटलाइज भएको छ, यसो भन्दैमा प्रिन्ट मिडियाको भविष्य सकियो भन्ने होइन, अझै प्रिन्ट मिडिया पर्खेर, कुरेर बस्ने जमात छ ।”विश्वकै पत्रकारिताले विश्वास गुमाइरहेका बेला अब नेपालको पत्रकारिताको भविष्य कता भनेर सोच्ने बेला आएको उनको भनाइ छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार सम्प्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताए । उनले भने, “पत्रकारलाई गल्ती गर्ने छुट छैन, गल्ती गरेको भए तत्काल सच्याउनुपर्छ, सच्याउने तत्परता हुनुपर्छ, गल्ती गरेको छ छैन, त्यसको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल हो ।”

पछिल्लो समयमा छापा माध्यमले पनि युट्युब, अनलाइनमा जानुपरेको चर्चा गर्दै उनले अहिलेको समयमा डिजिटल मिडियाको प्लेटफर्म प्रयोग नगरी धर छैन तर जुनसुकै मिडियाले अनिवार्यरुपमा आचारसंहिताको पालना गर्नुपर्ने बताए ।

राज्यले देशभर मिडिया साक्षरता चलाउनुपर्नेमा जोड दिनुहुँदै काउन्सिलका अध्यक्ष बस्नेतले भने, “डिजिटल साक्षरता अभियान राज्यले देशभर चलाउनु आवश्यक छ, यसका लागि राज्यले बजेट छुट्याउनुपर्छ ।”उनले जनताले चलाउने सोसियल मिडिया र पत्रकारले चलाउने मिडियाको फरकपन के हो भन्ने छुट्याउनुपर्ने र प्रत्येक स्थानीय तहसम्म मिडिया साक्षरता अभियान पुग्नुपर्ने औँल्याए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले छापा माध्यम पनि डिजिटलाइज हुँदै गएको बताउनुभयो । कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले युट्युबर, अनलाइन पत्रकारिता र आचारसंहिता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । पत्रकार उज्वल आचार्यले अस्थायी पत्रकारिताका चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष माथवरसिंह बस्नेत, पत्रकार तीर्थ कोइराला, अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी, इकान्तिपुर अनलाइनका सम्पादक दुर्गा खनाललगायतले पत्रकारले अचारसंहिताको पालना र पत्रकारिताको दिगो स्रोतको पहिचान गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी विभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरे ।

Ads

सम्बन्धित पोष्टहरू