Ads

२०८१ जेठ २ गते बुधबार, दैनिक तपाईको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर, व्यापार व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमको बन्धनमा कसिनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केहि समय पर्खंदा राम्रो हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केहि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)पढाइ लेखाइमा प्रगति हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गरेका काम ढिलै सम्पादन भएपनि उपलब्धि राम्रै पाइनेछ । काम बिग्रने भयले सताउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)नयाँ काममा हात हाल्न केहि समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडि कडाउको सिकार भइनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू