काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजारले बढेकाे हाे । आज एक लाख ३८ हजार ४०० मा सुनकाे काराेबार भइरहेकाे छ ।
यस्तै तेजाबी सुन आज एक लाख ३७ हजार ७ सय ५० निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैंयाँले बढेकाे छ । चाँदी आज एक हजार सात सय ४५ रुपैंयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्