Ads

‘हामीले सुरुदेखि नै सन्दीप निर्दोष छन् भन्दै आइरहेका थियौँ’: वकिल घिमिरे


काठमाडाैं ।  क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपका वकिल सरोज घिमिरेले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन्।

घिमिरेले आफूहरूले सुरुदेखि नै सन्दीप निर्दोष रहेको बताउँदै आएको र आज अदालतले न्याय दिएको बताएका हुन्।

उनले भने,’हामीले सुरुदेखि नै सन्दीप निर्दोष छन् भन्दै आइरहेका थियौँ। जिल्ला अदालतले आधार, कारण नहेरी दोषी ठहर गरेको थियो। सम्मानित उच्च अदालतले आधार कारण हेरेर सफाइ दिएको छ। सन्दीपले न्याय पाएका छन्। उनी अन्यायमा परेका थिए। अदालतप्रति सधैँ सम्मान रहने छ।’

Ads

सम्बन्धित पोष्टहरू