Ads

प्रधानमन्त्री, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता


काठमाडौँ । सत्तारुढ दल नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच अवरुद्ध संसद् खुलाउनेलगायतका विषयमा छलफल भएको हो ।
भेटका क्रममा आफूविरुद्ध सदनमा कुरा उठेपछि संसदमा बोल्न पाउनुपर्ने प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली समक्ष कुरा राखेको उपप्रधानमन्त्री लामिछानेले जानकारी दिए ।
“म माथि प्रश्न उठिसकेपछि मैले सदनमा बोल्न पाउनुपर्छ, त्यसपछि यदि जवाफ चित्त बुझेन भने उनीहरू ९कांग्रेस० को अधिकार प्रयोग गर्न सक्छन्, त्यो अधिकार त छँदै छ, त्यसपछि विरोध गर्ने उनीहरूको अधिकारको सम्मान गर्छु”, उपप्रधानमन्त्री लामिछानेले भने ।
Ads

सम्बन्धित पोष्टहरू