काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४० हजार रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि आज तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्