Ads

२०८१ जेठ ४ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पराक्रम र शुभता बढ्नेछ । इर्ष्यालुजनले अवरोध गर्न खोजेपनि काममा सोचेजस्तै सफलता मिल्ने समय छ । नयाँ ज्ञान प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र आर्थिक लाभ प्राप्त हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रमा गरिएको कर्म सार्थक रहला । आज कसैसँग सामान्य विवाद हुन सक्छ, संयमित व्यवहार गर्नु हितकर होला । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): शुभता र आरोग्यपन बढ्नेछ । ऋण र शत्रुमाथि विजय प्राप्त होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कुनैपनि प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ भने रोकिएको काम बन्ने दिन छ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्वहरूबाट साथ-सहयोग मिल्नेछ । समय आर्थिक पक्षको सवालमा समय त्यति बलियो नभएपनि अवस्था सवल नै रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शुभ समाचार प्राप्त हुनेछ । अनुकुलता र आयबल बढ्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउने समय छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल र सामर्थ्य बढ्नेछ । आर्थिक पक्ष सबल रहला । अध्ययन तथा अध्यापनमा पनि राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा भने सामान्य समस्या देखापर्न सक्छ, सावधानी अपनाउनुहोला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको खातिरदारीमा समय खेर जान सक्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्यबल बढ्नेछ । आजको दिन पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । मनोरञ्जनपूर्ण समय छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रै लाभ हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिनको पूर्वार्द्धभन्दा उत्तरार्द्धमा अनुकूलता बढ्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । आजको दिन मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, ठोस निर्णयको प्रयास गर्नु उत्तम हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पारिवारिक सहयोग प्राप्त हुनेछ तर, आजको दिन कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग या दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिणाममुखी काममा लगानीको समय छ । आजको दिन नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन र पनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रेमभाव बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ ।

Ads

सम्बन्धित पोष्टहरू