Ads

तापक्रम बढ्दै गएपछि उत्तरपश्चिम भारतमा तातो लहरको चेतावनी


काठमाडौं। भारतीय मौसम विज्ञान विभागले बिहीबार उत्तरपश्चिम भारतका निम्ति तातो लहरको चेतावनी जारी गरेको छ । त्यसमा राष्ट्रिय राजधानी क्षेत्र समावेश छ ।

आउँदो चार दिन उत्तरपश्चिम र पूर्वी भारतमा अधिकतम दैनिक तापक्रममा ३–४ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान गरिएको छ । दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर)मा हाल लगभग ४० डिग्री सेल्सियस तापक्रम छ ।

गर्मी शनिबारसम्म ४५ डिग्रीमा पुग्ने हुने प्रक्षेपण गरिएको छ ।आईएमडीले पश्चिमी राजस्थान, पश्चिमी उत्तर प्रदेश, पञ्जाब र दक्षिणी हरियाणाले शनिबारसम्म गर्मीको लहरको सामना गर्न सक्ने जनाएको छ । सरकारी निकायले स्थानीयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू