काठमाडाैं । प्रतिपक्षी दलहरूको बैठक सकिएको छ ।
आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक बोलाएका थिए ।
बैठकमा राप्रपा, लोसपा, जसपा नेपाललगायत दलका नेताहरूको उपस्थिति थियो ।
बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा प्रतिपक्षी दलहरू एकजुट भएको प्रतिक्रिया दिए ।
नेपाली कांग्रेसले सहकारीको रकम घोटालाका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग उठाउँदै आएको थियो । तर, सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको बैठक अवरुद्ध हुँदै आएको छ ।
अब संसदीय समिति बनाउनुपर्नेमा प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएपछि सत्तापक्षमाथि दबाब बढेको छ । यही विषयमा बिहीबार संसदमा धकेलाधकेलको स्थितिसमेत सिर्जना भएको थियो ।
त्यस्तै बिहीबारको घटनाका सम्बन्धमा प्रतिपक्षीहरूले सभामुखको ध्यानाकर्षण गराउने भएका छन् । प्रतिपक्षी दलहरूको बैठक सकिएसँगै प्रमुख सचेतकहरू सभामुखलाई भेट्न गएका छन् ।
प्रतिक्रिया दिनुहोस्