धनुषा । भारतमा लोकसभा निर्वाचनअन्तर्गत सीमावर्ती मधुवनी जिल्लामा जेठ ७ गते हुने मतदानलाई लक्षित गरी जनकपुर जयनगर रेल सेवा बन्द गरिएको छ ।
मतदानका कारण जेठ ७ गतेसम्म नेपाल भारत सीमानाका बन्द भएपछि रेलसेवा बन्द पनि गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक नीरञ्जनकुमार झाले एक सूचना जारी गर्दै शनिबारदेखि सोमबारसम्म रेल सेवा पूर्ण रुपमा बन्द रहने जनाएका हुन् । मंगलबार बिहानदेखि नियमित तालिकाअनुसार रेलसेवा सञ्चालन हुनेछ ।
यसैबीच बर्दियासँग जोडिएको भारतको बहराइच जिल्लामा जेठ ७ गते हुने मतदानलाई मध्यनजर राख्दै नेपाल(भारत सीमा बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्