Ads

सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार


काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो।

आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ ।

शुक्रबार एक लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो । त्यसअघि बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको थियो । शुक्रबार ७ सयले घटेको सुन आइतबार १६ सयले बढेर नयाँ रेकर्ड राखेको हो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ११० रुपैयाँले बढेर एक हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू