Ads

प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै उपेन्द्र यादवको सर्वोच्चमा रिट


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने गरी संसद सचिवालयमा पत्र पठाएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जसपा नेपाल विभाजनसम्बन्धी रिटमा यसअघि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको आधारमा टेकेर यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् । जसपा नेपालका प्रवक्ता मनिष सुमनले पार्टी विभाजनबारे सर्वोच्चले अन्तरिम आदेश दिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिँदा सात जना सांसदले गर्ने मतदान अवैध हुने भएकाले रिट दायर गरिएको बताए ।

सर्वोच्चले सोमबार लागि पहिलो पेसी तोकिसकेको पनि सुमनले जानकारी दिए ।

जसपा नेपालले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् । उनले जसपा नेपाल विभाजनसम्बन्धी मुद्दामा फैसला आउनुअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू