Ads

२०८१ जेठ ७ गते सोमबारको तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मेहनत गर्दा अवसर पाइनेछ, तर मुस्किलले मिलेको अवसर हातबाट गुम्न सक्छ । तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान्, ध्यान दिएर काम गर्नु होला । कसैले दिएको उपहार आजको दिन ग्रहण नगर्नु हितकर हुनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता बढ्नेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । कीर्तिमानी काम सम्पादन होला । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । टाढाको यात्रा पनि हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । मान र विद्या प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुने समय छ । खर्च लागे पनि आज चिताएको काम बन्नेछ । साथीभाइहरूबाट फाइदा उठाउन सकिएला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । काममा झमेला निम्तिए पनि हिम्मतले काम बनाउन सकिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीतलिंगी वा हितैसी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आज कुनै अवसर प्राप्त भए पनि शत्रुपक्षको चलखेलका कारण लाभ नमिल्न सक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी दिन छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला । खानपानमा सजक रहनु हितकर हुनेछ । अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । भोगविलासमा मन रमाउला । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । पढाइलेखाइमा प्रगति होला । विशेष उपहार हातलागी हुने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर होला । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । काम रोकिएको छ भने पुनः प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । अलि दृष्टिभ्रममा परिएला । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । आज आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । कतै मानसम्मान र मिष्ठान्न भोजन प्राप्त हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइने समय छ । धनलाभ पनि होला । दिगो आम्दानी हुने काम सुरु भएपनि परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, सावधान रहनुहोला । विगतका कमजोरी सच्याउने मौका मिल्ने योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन अधैर्यपना बढ्नुका साथै काम नबन्ने त्रासले सताउन सक्छ, जबकि कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने योग छ । यात्रा वा सवारीसाधनको उपयोग गर्दा चाहिँ आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । अध्ययन तथा अध्यापनमा आज खासै राम्रो छैन ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आज परिस्थिति अलिक संघर्षमय रहला । सोचेको काम समयमा नबन्नाले असन्तुष्टि बढ्ने समय छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउने देखिन्छ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ ।

 

Ads

सम्बन्धित पोष्टहरू