दमक\ झापाको दमकमा गोली प्रहारबाट घाईते भएकी एक किशोरीलाई उपचारका लागि खर्च अभाव भएको छ । गत वैशाख २१ मा दमकमा गोली प्रहारबाट गम्भीर घाइते भएकी किशोरीलाई खर्च अभाव भएको हो ।
कक्षा १२ को परीक्षा दिएर निस्किदै गरेकी उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेका थिए। गर्धनमा प्रहार गरिएको गोली उनको पेटमा लागेको थियो । गोलिको छर्रा लागेर उनको आन्द्रामा सात वटा प्वाल परेको थियो । स्थानीय लाइफलाइन अस्पतालमा उपचाररत उनलाई अस्पतालले दुई दिनअघि नै डिस्चार्ज दिएको थियो । उपचारका क्रममा करिब ६ लाख बिल भएको र उक्त रकम तिर्न नसक्दा उनी डिस्चार्ज हुनै नपाएकी हुन् ।
उनकी दिदीले ऋण गरेर करिब डेढ लाख अस्पताललाई बुझाएको र बाँकी रकम तिर्न असमर्थ भएको बताइन् । दमकमा दिदीसँगै डेरा गरेर उनलाई करिब दुई वर्ष अघि शिक्षक यादवले बलत्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । गोली प्रहारपछि फरार उनलाई अहिलेसम्म प्रहरीप्रहरीले पक्राउ गर्न नसकेको भन्दै परिवारले दुस्ख व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्