काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा चौथोपटक विश्वासको मत पाएका छन् ।
सोमवार दिउँसो प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डको पक्षमा १५७ र विपक्षमा शून्य मत परेको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रचण्डले विश्वासको मत लिएका हुन् ।
मतदानमा १५८ सांसद उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्