काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संसदीय छानबिन समिति बनाउन सरकार तयार रहेको र प्रमुख प्रतिपक्ष दल कांग्रेससँग पनि छिट्टै सहमति जुटने विश्वास व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सांसदको गतिरोध शोभनीय नभएको बताए ।
उनले सरकार संयमित, लचिलो र मध्यमार्गका लागि धैर्यता गरिरहेको तर प्रमुख प्रतिपक्षले मुठभेडमा लगेको आरोप लगाए । सैद्धान्तिकरुपमा छानबिन समिति बनाउन सरकार पक्षका दलहरु तयार भएको भन्दै संसद् गतिरोध आवश्यक नभएको उनको भनाइ थियो । “संसद्मा जेजस्ता गतिविधि र क्रियाकलाप भइरहेका छन, त्यो शोभनीय छैन । यो चाहे प्रमुख प्रतिपक्ष होस् वा सरकार पक्ष कसैको हितमा छैन”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्