काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाप्रति सरकारको कुनै रिसिबी नभएको बताएका छन् ।
अदालती प्रक्रियाबाट प्रक्रिया अगाडि बढेकाले पक्राउ परेपछि सजिलै छुट्ने उनले बताए ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि पत्रकारलाई प्रतिक्रिया दिँदै प्रचण्डले अदालती प्रक्रियाबाट भएको पक्राउलाई बढ्ता होहल्ला गर्नु नपर्ने बताएका हुन् ।
‘अदालती प्रक्रियाबाट उहाँ निर्दोष भएर सजिलै छुट्नु हुन्छ, यो हल नै हुन्छ’, प्रचण्डले भने ।
नागरिकता विवादमा सिरोहिया कान्तिपुरको कार्यालयबाटै मंगलबार पक्राउ परेका थिए ।
गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै सरकारको चौतर्फी विरोध भएको छ ।
विरोधपछि प्रधानमन्त्रीले सिरोहिया सजिलै छुट्ने प्रतिक्रिया जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्