Ads

सगरमाथाको चुचुरोबाट फर्किंदै इन्स्पेक्टर, आइजी अर्याल बेसक्याम्प जाने


काठमाडाैं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका इन्स्पेक्टर सुरज पौडेललाई सशस्त्र प्रहरीले भव्य स्वागत गर्ने भएको छ ।

सोमबार सगरमाथाको चुचुरोमा सशस्त्रको झण्डा फहराएका उनलाई आइजीपी राजु अर्यालले आधार शिविरमै पुगेर स्वागत गर्न लागेका हुन् । मौसमले साथ दिए आज आइजीसहितको टोली हेलिकोप्टर लिएर सगरमाथाको बेसक्याम्प जाने तयारी रहेको सशस्त्रले जनाएको छ ।

सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो र एकमात्र व्यक्ति हुन्, इन्स्पेक्टर पौडेल । आइजी अर्यालको सचिवालयमा कार्यरत उनी ३० चैतमा सगरमाथा आरोहणका लागि काठमाडौँबाट प्रस्थान गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू