Ads

उनाएचौरमा सव स्टेशन निर्माण कार्य अन्तिम चरणमा


गुल्मी\ गुल्मीमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न उनाएचौरमा सव स्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनायचौरमा १३२ केभीए लाइनको सवस्टेशन निर्माणकार्य अन्तिम चरणमा पुगेको हो ।

सव स्टेशनसम्म आवश्यक पर्ने सम्पूर्ण निर्माणका काम सकेर अहिले ट्रान्सफर्मर चार्ज गर्ने कार्य भइरहेको उनाएचौर सव स्टेशनका स्टोर प्रमुख नारायण थापाले बताएका छन् । जेठ महिनाभर चार्ज गर्ने काम लगायत सकेर विद्युत वितरण गर्ने तयारी भइरहेको छ ।

अहिले यहाँका भिविन्न यन्त्र उपकरणहरुको चार्ज गर्ने काम भइरहेको छ । यन्त्र उपकारण लगायतका चेक जाँच गर्न भारतबाट प्राविधिक टोलीले काम गरिरहेको छ । छिन–छिनमा विद्युत आउने जाने समस्या झेल्दै आइरहेका गुल्मी वासीको समस्या समाधान गर्न १३२ केभिए लाइनको बिस्तार गर्न सव स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

हाल जिल्लामा बुटवलबाट ३३ केभिएमार्फत आइरहेको विद्युत विभिन्न कारणले छिनछिनमा आउने जाने समस्या हुने गरेको छ । पहाडी क्षेत्रमा वितरण गरिएको विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले १३२ केभीए बिस्तार गरिएको छ ।

केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिएपनि लामो दुरीमा बुटवलमा रहेको सव स्टेशनले गर्दा विभिन्न समस्याहरु देखा पर्दै गएकाले छुट्टै सव स्टेशन निर्माण थालिएको हो । नेपाल विद्युत प्राधिकरणको ४५ करोड लागतमा विद्युत सव स्टेशन निर्माण सुरु भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू