Ads

३० पटक सगरमाथा आरोहण गरेका कामीरितालाई विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)


काठमाडौँ । ३०औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका कामीरिता शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

३० औँ पटक सगरमाथा आरोहण गरेर शुक्रबार काठमाडौँ आइपुगेका उनलाई विमानस्थलमा स्वागत गरिएको हो।

उनले बुधबार बिहान ७ः४९ बजे ३० औँ पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेको कीर्तिमान बनाएका थिए। उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन्।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन्। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ।

Ads

सम्बन्धित पोष्टहरू