Ads

सरकारविरुद्ध सडकमा उत्रियाे कांग्रेस (तस्वीरहरू)


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिना तथा ठगीविरुद्ध आइतबार प्रदर्शन गरेको छ।

सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर कांग्रेसले उपत्यका केन्द्रित सडक आन्दोलन गरेको हो।

आन्दोलनमा कांग्रेसका विभिन्न नेताहरू उपस्थित छन्।विरोध प्रदर्शनका लागि पार्टीले उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटिएका छन्। उपत्यकापछि क्रमशः प्रदेश र जिल्ला तहमा पनि आन्दोलन गर्ने कांग्रेसको तयारी छ।

विभिन्न सहकारीबाट करिब पाँच खर्ब रुपैयाँ हिनामिना भएको निष्कर्ष कांग्रेसले निकालेको छ। यही विषयमा संसदमा अवरोध गर्दै आएको कांग्रेसले सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको बताएको छ।

Ads

सम्बन्धित पोष्टहरू